
ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौं जिल्लाको बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, कपनमा बुधवारबाट नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
नयाँ शाखाको शुरूआतसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २५९ पुगेको छ ।
ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यका साथ ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जाल सहित २३५ एटिएम, ४० एक्स्टेन्सन तथा राजश्व संकलन काउण्टर, २१८ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत सेवा प्रदान गरेको छ ।
सबैका लागि बैंक भन्ने नारालाई सार्थकता दिँदै बैंकले २० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।