२७ जेठ २०८३, बुधबार

सरकारले उद्याेगी, व्यापारीलाई भन्याे- कर्मचारीकाे पिसिआर आफ्नै खर्चमा अनिवार्य गराउनू

सरकारले उद्याेगी, व्यापारीलाई भन्याे- कर्मचारीकाे पिसिआर आफ्नै खर्चमा अनिवार्य गराउनू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल सञ्चालनमा रहेका उद्याेग,व्यवसायमा संलग्नकाे अनिवार्य रुपमा पिसिआर विधिबाट काेराेनाकाे जाँच गराउन भनेकाे छ।

स्वास्थ्यले बुधबार सूचना जारी गरी सपिङ मल, रेस्टुरेन्ट, हाेटलसहित उद्याेग, व्यवसायमा संलग्नकाे अनिवार्य पिसिआर गराउन भनेकाे हाे।

​मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारीद्वारा जारी सूचना अनुसार ती व्यवसायमा संलग्न व्यक्ति धेरैकाे सम्पर्कमा आउने भएकाले काेराेनाकाे जाेखिम बढी छ।

तसर्थ  ती कर्मचारी र व्यवसायीकाे  सम्बन्धित उद्याेग-व्यवसायकाे खर्चमा पिसिआर विधिबाट काेराेना जाँच गराउन भनिएकाे हाे।

 

 

salt training

कमेन्ट गर्नुहोस्