२१ जेठ २०८३, बिहीबार

रोकियो सवारी पास वितरण [सूचनासहित]

रोकियो सवारी पास वितरण [सूचनासहित]

गृहमन्त्रालयको निर्देशनपछि ७७ वटै जिल्ला प्रशासन कार्यालयले सवारी पास वितरण बन्द गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंबाट बाहिर जाने पास वितरण र बाहिरबाट काठमाडौं भित्रिन पासलाई स्वीकृति दिने काम दुवै बन्द गरेको  बिहीवार सूचनामार्फत जनाएको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत  कमलप्रसाद पाण्डेद्वारा  हस्ताक्षरित सूचनामा जनाइएको छ ।

गृहमन्त्रालयले बुधवार  सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै पास वितरण बन्द गर्न निर्देशन दिएको थियो ।

हेर्नुहोस्, जिप्रका काठमाडौंको सूचना :

salt training

कमेन्ट गर्नुहोस्