२७ जेठ २०८३, बुधबार

कांग्रेसद्वारा यादवको निधनप्रति दुःख व्यक्त

साउन २९, २०७७
कांग्रेसद्वारा यादवको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसले धनुषा शहीदनगर नगरपालिका–८ का पार्टीका वडा सभापति पल्टु यादवको निधनप्रति दुःख व्यक्त गरेको छ ।

वडा सभापति यादवको साउन २३ गते जनकपुरमा उपचारका क्रममा ६० वर्षका उमेरमा निधन भएको थियो ।

कांग्रेसले बिहीवार शोक विज्ञप्तिमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । यादवले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको पार्टी कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्