
दक्षिणी चिनियाँ सहर शेनजेनमा केही फ्रोजन (जमेको) चिकेन विङ्समा कोरोना संक्रमण पाइएको छ।
ब्राजिलबाट आयात गरिएका चिकेन विङ्सको नमूना परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको बिबिसी हिन्दीले उल्लेख गरेको छ। स्थानीय स्वास्थ्य अधिकारी आयातित खाने सामानको नियमित जाँच गरिरहेका थिए। सो क्रममा चिकन विङ्स पनि जाँचिएको थियो।
शेनजेनको स्थानीय सरकारले जनाए अनुसार जो व्यक्ति यी सामग्रीको सम्पर्कमा आएका थिए, उनीहरुमा पनि कोरोना परीक्षण गरिएको थियो। ती व्यक्तिमा पनि कोरोना पाइएको छ।
एक दिन अघि चीनको सरकारी मीडियाले पूर्वी शहर वूहूमा इक्वाडोरबाट आयातित फ्रोजन झीङ्गाको प्याकेजिङमा कोरोना पाइएको बताएको थियो।
शेनजेनका स्वास्थ्य अधिकारीले आयातित मासु र समुद्री खानेकुरामा संक्रमणको खतरा कम गर्न सावधानी अपनाउन जरुरी रहेको बताएका छन्। -बिबिसी हिन्दीबाट