२३ जेठ २०८३, शनिबार

गृहमन्त्री बादल सेनाको हेलीकप्टर लिएर राहतसहित पहिरो प्रभावित क्षेत्रमा

गृहमन्त्री बादल सेनाको हेलीकप्टर लिएर राहतसहित पहिरो प्रभावित क्षेत्रमा

गृहमन्त्री रामबहादुर थापा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीस्थित भीषण पहिरो खसेको क्षेत्रमा राहत सामग्रीसहित गएका छन् ।

नेपाली सेनाको हेलिकप्टरमा उनीसहित गृहसचिव महेश्वर न्यौपाने तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलको टोली पहिरो प्रभावित क्षेत्रमा गएको हो ।

प्राप्त विवरणअनुसार पहिरामा परी केही व्यक्तिको मृत्यु भएको छ भने ३३ भन्दा बढी बेपत्ता छन् । त्यहाँका ३६ घर पहिरामा परेको बताइएको छ ।

केही घाइतेलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । यसअघि बिहान सभामुख अग्नि सापकोटा पहिराग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्केका थिए ।

त्यही बेला केही घाइतेको उद्धारसमेत गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्