०३ असार २०८३, बुधबार

हिजो दिनभर : नेकपा विवाद सहमतितर्फ, पहिरोमा परेर मुलुकभर एकैदिन १७ जनाको मृत्यु

हिजो दिनभर : नेकपा विवाद सहमतितर्फ, पहिरोमा परेर मुलुकभर एकैदिन १७ जनाको मृत्यु

नेकपा विवाद सहमतितर्फ,पौडेलको संयोजकत्वमा सदस्यीय कार्यदल गठन

सत्तारुढ दल नेकपाभित्र लामो समयदेखि जारी विवाद सहमतिमा टुंगिने दिशामा अघि बढेको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रवार बालुवाटारमा भएको वार्तामा जारी विवाद सहमतिमा टुंग्याउने निर्णय गरेको हो ।

दुवै अध्यक्ष एक कार्यदल गठन गरेर त्यसबाट सुझाव लिने र त्यही सुझावका आधारमा विवाद अन्त्य गर्न सहमत भएका छन् ।

बैठकले पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल समेत गठन गरेको छ ।

कार्यदलका सदस्यहरूमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे छन् ।

उक्त कार्यदललाई यथाशीघ्र सुझाव पेश गर्न म्याण्डेट दिइएको छ ।

'आजको विकसित घटनाले नेकपाको विवाद समाधानतर्फ फर्केको स्पष्ट संकेत गरेको छ,' उच्च स्रोतले लोकान्तरसँग भन्यो, 'दुई अध्यक्ष सहमतिका साथ अघि बढ्न राजी हुनु र कार्यदल समेत गठन हुनुले अब नेकपाको विवाद हल हुने दिशातिर अघि बढ्यो भन्ने बुझ्न सकिन्छ ।'

स्रोतका अनुसार आजको बैठकमा दुवै अध्यक्ष पार्टी एकतालाई थप मजबुत बनाएर अघि लैजान सहमत भएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले बुधवार एक टेलिभिजन अन्तर्वार्ताका क्रममा नेकपा विवाद ५ दिनभित्र समाधान हुने संकेत गरेका थिए ।

​असार १० गते शुरू भएको स्थायी कमिटी बैठक विवादका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

सबैभन्दा बढी संक्रमित थपिएको जिल्ला काठमाडौं,उपत्यकामा थप ११९ जनामा संक्रमण

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

संक्रमितमध्ये १७ हजार ७७ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा २ सय ४० जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

मृतकको संख्या भने ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी संक्रमित काठमाडौंमा थपिए !

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी संक्रमित काठमाडौंमा थपिएका छन् ।

जिल्लागत डाटाअनुसार काठमाडौंमा ८३ जना थपिएका हुन् । त्यसपछि पर्सामा ७१ र मोरङमा ६३ जना थपिएका छन् ।

काठमाडौं उपत्यकाभित्र भने ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा संक्रमण पुष्टि भएको छ ।

थप सय ९४ जनामा कोरोना संक्रमण,मृतकको संख्या ९९ पुग्यो

 नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

संक्रमितमध्ये १७ हजार ७७ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा २ सय ४० जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

मृतकको संख्या भने ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमै अब कोरोनाको द्रुत परीक्षण,३० मिनेटमा रिपोर्ट आउने

बुटवलमा द्रुत गतिमा कोरोना जाँच गर्ने सेवा शुरू भएको छ ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ३० मिनेटमै कोभिड–१९ को परीक्षण गर्न सकिने द्रुत परीक्षण सेवा शुक्रबारबाट शुरू गरिएको हो ।

अस्पतालको आकस्मिक कक्षमा भर्ना हुन आउने गम्भीर प्रकृतिका बिरामीमा भर्नापश्चात् कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि यस्तो सेवा शुरू गरेको हो ।

द्रुत परीक्षण सेवाको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले मेसिनबाट आफ्नै स्वाब परीक्षण गरी सेवा शुरू गरे ।

नेपाल सरकार राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत उपलब्ध जिन एक्सपर्ट मेसिनलाई अपडेट गरी अस्पतालमा एक्सपर्ट एक्सप्रेस सार्स कोभ–टु परीक्षण सेवा शुरू गरिएको प्रादेशिक अस्पतालले जनाएको छ ।

सामान्य पीसीआर परीक्षणको समयावधि ढिला हुँदा उपचार समस्या भएको गुनासो आइरहेका बेला यो मशिनबाट सहयोग मिल्ने उनले बताए ।

सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम व्यवस्थापक निमबहादुर सिंहले यो विधि निकै प्रभावकारी र गुणस्तरीय भएको दाबी गरे । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले यस मशिनबाट कोरोनाभाइरसका शंकास्पद बिरामीको रिपोर्ट पोजेटिभ भए ३० मिनेट र नेगेटिभ भए ४५ मिनेटमा नै उपलब्ध हुने बताए ।

अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले अस्पतालमा धेरै सेवा वृद्धि गरिएको बताए ।

भौतिक संरचनादेखि सेवा विस्तारमा आफूले जोड दिएको उनले दाबी गरे ।

प्रदेशमा ५ मा कोरोनाभाइरसका जटिल र लक्षण देखिने बिरामी बढेपछि शर्तक र सुरक्षित रहनुपर्ने अवस्था छ ।

कोरोना संक्रमण देखिएपछि काठमाडौंका २५ ठाउँ सिल

कारोना भाइरसको संक्रमण देखिएपछि उपत्यकाका २५ वटा ठाउँ सिल गरिएका छन् ।

कोरोना भाइरसको संक्रमण उपत्यकामा फैलिँदै गएपछि उपत्यका मुख्य ठाउँहरु असन, न्युरोड, रञ्जना गल्ली, भोटाहिटी, इन्द्रचोक लगायतका ठाउँमा सिल गरिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता इन्द्रमान डङ्गोलले बताए ।

‘काठमाडौंका कोर ठाउँहरू कोरोनाभाइरसको संक्रमण देखिएपछि अहिले सिल भएको अवस्था छ,’ प्रवक्ता डंगोलले लोकान्तरसँग भने ।

काठमाडौं महानगरपालिकाको २१ नम्बर वडा भोटेबाहाल, लगनटोल, कुमारीगल पनि कोरोनाभाइरसको संक्रमण देखिएपछि सिल गरिएको छ ।

२२ नम्बर वडाको रञ्जना गल्ली, भोसेको (रञ्जना गल्लीको उत्तरपट्टि), ओटो, गुँचाटोल र २७ नम्बर वडाको भोटाहिटी, न्युरोड सबै, इन्द्रचोक, मखन टोल लगायतका ठाउँहरू सिल गरिएको प्रवक्ता डंगोलले लोकान्तरलाई बताए ।

सिल गरको ठाउँमा अत्यावश्यक कामबाहेक अन्य कसैलाई पनि आवतजावत गर्न रोक लगाइएको छ ।

सिल गरिएका क्षेत्रमा कोरोना भाइरसको परीक्षण भैरहेको प्रवक्ता डंगोलले लोकान्तरलाई बताए ।

पहिरामा परेर एकै दिन १७ को मृत्यु, २८ बेपत्ता

मुलुकका विभिन्न क्षेत्रमा पहिरामा परेर शुक्रवार एकै दिन १७ जनाको मृत्यु भएको छ । अन्य २८ जना बेपत्ता छन् ।

सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको छ । त्यसगाउँमा मात्रै १० जनाको मृत्यु भएको र अन्य २८ जना बेपत्ता रहेका गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी ओस्तीले जानकारी दिए ।

बेपत्ता भएकाको खोजी जारी छ । स्थानीयवासीले जोखिम क्षेत्र पहिचान गरी उच्च सावधानी अपनाउँदै आए पनि अन्ततः पहिराबाट जोगिएनन् । स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै बस्ती व्यवस्थापन गर्न मागसमेत गरे पनि सुनुवाइ हुन सकेको थिएन ।

आजै सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापाले पहिराग्रस्त क्षेत्र पुगेर स्लथगत अनुगमन गरेका छन् । पाँच घाइतेलाई उपचार गरेर अस्पताल ल्याइएको छ । यस्तै सरकारबाट टेन्ट त्रिपालसहित केही राहत सामग्रीसमेत पु¥याइएको छ ।

ओस्तीका अनुसार कालीकोटको महावै गाउँपालिका–३ नकुमा पनि पहिरामा परेर एकै परिवारका छ जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते छन् । माथिबाट पहिराले उनीहरुको घर थिचेको थियो ।

मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँस्थित एक ढुङ्गाखानीमा माथिबाट पहिरो खस्दा आज एक जनाको मृत्यु भएको ओस्तीले जानकारी दिए ।

सोही क्रममा एउटा स्काभेटर र टिप्परमा क्षति भएको छ । यो वर्षको वैशाखदेखि आजसम्म पहिरामा परेर २०६ जनाको मृत्यु भएको छ । अझै ७१ जना बेपत्ता छन् । १६० भन्दा बढी घाइते भएका छन् । रासस 

salt training

कमेन्ट गर्नुहोस्