३० जेठ २०८३, शनिबार

नामावली प्रकाशन दलीत महिला सदस्यमा निर्विरोध

कात्तिक २०, २०७४
नामावली प्रकाशन दलीत महिला सदस्यमा निर्विरोध
मुगु, वैशाख २१ — जिल्लामा १ नगरपालीका, ३ गाउँपालीका र ४५ वडाको सम्पूर्ण पदको नामावली प्रकाशन गरीएको छ । जसमा ६ सय ६५ उम्मेदवारी परेको छ ।

छायानाथ राराँ नगरपालीकामा ९ जना मेयर, ५ उपमेयर, ४१ वडा अध्यक्ष, ४० महीला सदस्य ,दलीत महीला ३४, ७७ खुल्ला सदस्य र १ स्वतन्त्र उपमेयर गरी २ सय ६ जनको नाम प्रकाशन गरीएको हो ।

खत्याड गाउँपालीका प्रमुखमा ७ जना, उपप्रमुख ५, वडा अध्यक्ष ३९,महीला सदस्य ३३, दलीत महीला २९,खुल्ला

सदस्य ६९ र स्वतन्त्र प्रमुखमा १ उपप्रमुख १ गरी १ सय ८२ जनाको नामावली छ । सोरु गाउँपालीका प्रमुखमा ४ र उपप्रमुख ३ जम्मा १ सय ७७ जनाको उम्मेदवारी छ ।

मुगुुम कार्मारोङ्घ गाउँपालीका प्रमुखमा ३, उपप्रमुख ५,वडा अध्यक्ष २०,महिला सदस्य २१, दलीत महीला ११ र खुल्ला ससदस्य ४० जना गरी जम्मा १ सय जनाको नाम भएको जिल्ला निर्वाचन कार्यालय ले जानकारी गराएको छ ।

मनोनयन दर्तामै खत्याड गाउँपालीका वडा नं. १० ह्याङ्लु गाउँकी कौसी चदारा दलित महिला सदस्यमा नेपाल परिवार दलबाट निर्विरोध निर्वाचित भएकी छिन् ।

सोवडामा दलित महिला सदस्यमा अरु पार्टीबाट उम्मेदवारी नपरेको हुदा चदारा निर्वाचीत भएकी खत्याड गाउपालिकामा खटीएका निर्वाचन अधिकृतले वताए ।

छायाँनाथ राराँ नगरपालीका वडा नं. ९ मा वडा अध्यक्ष र सबै सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

वडाअध्यक्षमा नेकपा माअोवादी केन्द्रका मणीचन्द्र रोकाया, खुल्ला सदस्यमा नेपाली कांग्रेसका अजवीर रोकाया र दलित महिला सदस्यमा छ्याउँकला कामी निर्विरोध भएका छन् ।  नेकपा एमालेबाट सिंह बुढा र मधुकला बुढा सदस्यमा छन् । तीन दलको सहमतिबाट पदहरु भागवन्डा गरी निर्विरोध गरीएको हो।

salt training

कमेन्ट गर्नुहोस्