०७ साउन २०८३, बिहीबार

पहिराले घर पुरिँदा दुई बालकको मृत्यु

पहिराले घर पुरिँदा दुई बालकको मृत्यु
फाइल तस्वीर

जिल्लाको निसीखोला गाउँपालिकामा घर माथिबाट आएको पहिराले घर पुरिँदा दुई बालकको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–५ बस्ने  हिराबहादुर विकका १४ वर्षीय छोरा वीरेन्द्र विक र ६ वर्षीय नाति प्रवेश विकको पहिरामा पुरिएर मृत्यु भएको हो । 

सोही पहिरामा परी ५३ वर्षीया दिलसरा विक गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ । उहाँलाई उपचारका लागि बुर्तिबाङ ल्याइएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । सोही घरमा रहेका अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको उनले बताए । 

राति २ बजेको समयमा आएको पहिराले हिराबहादुर विकको घर पुरेको हो । मामाघरमा बस्न आएका प्रवेश शुक्रबार साँझ मामासँग छुट्टै कोठामा सुतेका थिए । घरमाथिबाट आएको पहिराले घर बगाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्