ओमानको पहाडको चट्टानमा पछिल्लो ५ सय वर्ष पहिलेदेखि गाउँ छ। दूरदराजमा रहेको यो गाउँमा जनजाति समूदायको बसोबास छ।
मस्कटको बलुआ तटबाट १ सय ९५ किलोमिटर दक्षिण-पश्चिममा ओमानको मैदानी इलाका चुना-पत्थरको एक उच्च पहाडको रुपमा रहेको छ।
२ हजार ९ सय ८० मिटर अग्लो यो पहाड जबाल-अल-अखदार वा हरियो पहाड (ग्रिन माउन्टेन) को नामबाट चिनिन्छ।
२० किलोमिटरको बांगाेटिंगाे र पिच सडक उकालो चढेपछि पारी पहाडमा लगभग हावामा झुलेको घरको समूह देखिन्छ।
यही गाउँ हो, अल सोगारा। पहाडलाई काटेर बनाइएको यो गाउँ, ५०० वर्षदेखि बसोबास छ।
हालै मात्र ग्रीन माउन्टेनलाई ओमानको एक अद्भुत परिदृश्यका रुपमा समावेश गरिएको छ। तर, केही यात्री मात्र अल सोगारा पुग्न पाउँछन्।
सन् २००५ देखि यस पहाडी श्रृंखलामा विदेशीलाई प्रवेशमा रोक लगाइएको छ। किनकी यस क्षेत्रमा ओमान सरकारको एक सैन्य टुकडी छ।-एजेन्सी