३० असार २०८३, मंगलबार

कोरोनाविरुद्धको पहिलो खोप बनाएको रुसले उत्पादन पनि थाल्यो, चाँडै उपलब्ध हुने

साउन ३१, २०७७
कोरोनाविरुद्धको पहिलो खोप बनाएको रुसले उत्पादन पनि थाल्यो, चाँडै उपलब्ध हुने
फाइल फोटो।

कोरोना भाइरसविरुद्धको पहिलो खोप विकसित गरेको घोषणा गरेको रुसले उत्पादन थालेको छ।

रुसको स्वास्थ्य मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरी खोपको उत्पादन थालिएको र यो महिनाको अन्त्यसम्म खोप आउने जनाएको हो। यद्यपि, कतिपय विशेषज्ञलाई चिन्ता छ, रुस चाँडो खोप बनाउने चक्करमा सुरक्षामाथि सम्झौता गरिरहेको छ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले केही दिन अघि कोरोना भाइरसविरुद्धको  ‘विश्वकै पहिलो’ खोप स्वीकृति दिएको जानकारी दिएका थिए। यो खोप पुटिनकी छोरीमाथि पनि ट्रायल गरिएको जनाइएको छ।

मस्कोस्थित गामालेया इन्स्टिच्युटद्वारा विकसित गरिएको सो खोपलाई स्पुटनिक-५ नामकरण गरिएको छ। उक्त नाम सोभियत संघद्वारा सन् १९५७ मा प्रक्षेपण गरिएको विश्वको पहिलो उपग्रहबाट लिइएको हो।
 

salt training

कमेन्ट गर्नुहोस्