१२ असार २०८३, शुक्रबार

सिन्धुपाल्चोकको पहिरोबाट सेनाले निकाल्यो १९ शव, जीवितलाई राहत पनि वितरण [फोटो फिचर]

सिन्धुपाल्चोकको पहिरोबाट सेनाले निकाल्यो १९ शव, जीवितलाई राहत पनि वितरण [फोटो फिचर]

सिन्धुपाल्चोक जुगल गाउँपालिका– २ मा शुक्रवार गएको पहिरोमा परी बेपत्ता भएका १९ जनाको शव नेपाली सेनाले पहिरोबाट निकालेको छ ।

नेपाली सेनाको गोरखबक्स गण र सशस्त्र प्रहरीको टोलीले ४ जना महिला, ३ जना पुरुष, ५ जना बालिका र ७ जना बालक गरी १९ जनाको शव निकालेको नेपाली सेनाले जनाएको छ ।

पहिरो परेर हराइरहेका अन्य २० जना खोजीमा पनि सेना सक्रिय छ ।

सेनाले पहिरोबाट घरबारविहीन भएकाहरूलाई एमआई–१७ हेलिकप्टरबाट खाद्यान्न, लत्ताकपडा, पाल र अत्यावश्यक राहतका सामग्री ढुवानी समेत गरेको जनाएको छ । 

हेर्नुहोस्, तस्वीरहरू:


 
 

salt training

कमेन्ट गर्नुहोस्