१० साउन २०८३, आइतबार

लोकान्तर समाचार प्रभाव : फिर्ता भयो प्रदेश सभाको एउटा गाडी

साउन ३२, २०७७
लोकान्तर समाचार प्रभाव : फिर्ता भयो प्रदेश सभाको एउटा गाडी

साउन २९ गते लोकान्तरमा प्रमुखताका साथ एक समाचार प्रकाशित भयो, प्रदेश सभाका गाडी प्रयोगमा मनलाग्दीः पहिलाकाले फिर्ता गरेनन्, अहिलेकाले थोत्रो भनेर लिएनन् !

उक्त समाचार प्रकाशित भएपछि अर्थ, प्राकृतिक स्रोत साधन समितिका पूर्व अध्यक्ष अम्बरबहादुर थापाले गाडी फिर्ता गरेका छन् ।

उनले कर्णाली प्रदेश सभा सचिवालयमा गाडी फिर्ता गरेको संसद् सचिवालयका सचिव जीवराज बुढाथोकीले लोकान्तरलाई जानकारी दिए ।

सांसद थापाले कर्णाली ००२ ००१ झ ००४० नम्बरको स्कोर्पियो काठमाडौं लिएर गएका थिए । सुर्खेत फर्किएर उनले गाडी फिर्ता गरेका हुन् ।

यता, विधायन तथा प्रदेश मामिला समितिको अध्यक्षता गरेका पदमबहादुर रोकायाले हालसम्म गाडी फिर्ता गरेका छैनन् ।

उनले कर्णाली ०२ ००१ झ ००४४ नम्बरको स्कोर्पियो फिर्ता नगरेका हुन् । लोकान्तरकर्मीले गाडी फिर्तासम्बन्धी कुरा गर्दा उनी मुगुतर्फ गइसकेका थिए ।

उक्त समितिको नयाँ अध्यक्षमा दान सिंह परियार चयन भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्