०४ साउन २०८३, सोमबार

ग्लोबल आइएमई बैंकको सिईओमा रत्नराज बज्राचार्य, सोमवारदेखि कार्यभार सम्हाल्ने

ग्लोबल आइएमई बैंकको सिईओमा रत्नराज बज्राचार्य, सोमवारदेखि कार्यभार सम्हाल्ने

ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । 

बैंकको सञ्चालक समितिको २०७७ श्रावण ३० गते शुक्रबार बसेको बैठकले बज्राचार्यलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।

चार दशक भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहनुभएका बज्राचार्यले यसअघि एक कार्यकाल ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा सेवा गरिसकेका छन् । 

नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ्ग करियर शुरू गरेका बज्राचार्यको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा मर्जरपछिको व्यवस्थापनमा राम्रो अनुभव रहेको छ ।

वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट बज्राचार्यले यस अघि एनसीसी बैंक र सनराइज बैंकमा पनि प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिसक्नुभएको छ ।

उनले भाद्र १ गते देखि ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा पद बहाली गर्नेछन् । 

गत मंसिर २०, २०७६ देखि ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई एकीकृत कारोबार सुरु भएपछि ग्लोबल आइएमई बैंक अधिकांश सूचकमा देशकै सबैभन्दा ठूलो बैंक बनेको छ । 

salt training

कमेन्ट गर्नुहोस्