०६ साउन २०८३, बुधबार

नाकमै कोरोनाभाइरस मार्ने इन्हेलर बनाएको अमेरिकी वैज्ञानिकहरूको दाबी

साउन ३२, २०७७
नाकमै कोरोनाभाइरस मार्ने इन्हेलर बनाएको अमेरिकी वैज्ञानिकहरूको दाबी

सार्स–कोभ–२ अर्थात् नयाँ कोरोनाभाइरसले शरीरको कोशिकामा रहेको एसीई२ नामक प्रोटीनमा आफ्नो खतरनाक चुच्चाहरू टाँसेर आक्रमण गर्छ । भाइरसको उक्त प्रक्रियालाई कसरी रोकेर संक्रमण हुन नदिने भनी वैज्ञानिकहरूका सामु चुनौती छ । 

संक्रमण रोक्ने उपाय पत्ता लागेको अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धाताहरू बताउँछन् । उँट प्रजातिका जनावरको शरीरमा प्राकृतिक रूपमा उत्पन्न हुने एन्टीबडीबाट प्रभावित भएर अनुसन्धाताहरूले भाइरसको चुच्चोलाई ध्वस्त पार्ने न्यानोबडी बनाएको बताइएको छ । 

‘मानिसको रोगप्रतिरोधक प्रणालीमा पाइने एन्टीबडी जस्तै तिनले काम गर्ने भए पनि न्यानोबडीले सार्स–कोभ–२ विरुद्धको उपचारमा अद्वितीय लाभ दिने गरेको छ,’ फार्मास्युटिकल केमिस्ट्रीका सहायक प्राध्यापक आशिष मांगलिकले बताए । 

अघिल्लो साता सोमवार प्रकाशित गरिएको पेपरमा न्यानोबडीका सिन्थेटिक मोलिक्युलहरूले भाइरसलाई कोशिकामा प्रवेश गरेर वृद्धि हुन नदिन अवरोध खडा गर्ने उल्लेख छ । 

यी न्यानोबडीहरू मानव एन्टीबडीभन्दा निकै साना हुन्छन् र तिनलाई परिवर्तन गर्न झन् सहज छ । प्रयोगशालामा परीक्षण गर्दा यस कम्पाउन्डले कोरोनाभाइरसका स्पाइक प्रोटीनहरूलाई थुनेर निष्क्रिय बनाएको पाइयो । 
 

सिन्थेटिक न्यानोबडीको एक ठूलो फाइदा भनेको यो स्थिर भएकाले यसलाई सुक्खा पाउडर बनाउन मिल्छ र नाकले सुँघ्न सहज हुने गरी स्प्रे बनाउन मिल्छ । वैज्ञानिकहरूले यसलाई एरोन्याब नाम दिएका छन् । 
 

एरोन्याब सस्तो औषधि हुने र यसले कोभिड–१९ लाई उपचार र रोकथाम गर्न सहायता गर्ने वैज्ञानिकहरूको कथन छ । कोभिड–१९ खोपले असर नगरेकाहरूलाई पनि यसले सुरक्षा दिने उनीहरू बताउँछन् । एसएफगेटबाट

salt training

कमेन्ट गर्नुहोस्