०८ साउन २०८३, शुक्रबार

सुन्दर यातायातको भाडा विद्युतीय माध्यमबाट भुक्तानी

साउन ३२, २०७७
सुन्दर यातायातको भाडा विद्युतीय माध्यमबाट भुक्तानी
फाइल फोटो।

नेपालमा पहिलो पटक विद्युतीय सार्वजनिक सवारीसाधन सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिले विद्युतीय माध्यमबाट रकम भुक्तानी (इपेमेन्ट) गर्न मिल्ने स्मार्ट कार्ड आजदेखि सञ्चालनमा ल्याएको छ।

कम्पनीले आइपेड प्राइभेट लिमिटेडसँगको सहकार्यमा सार्वजनिक यातायातसहित अरु सबै सानाठूला सवारी साधनमा इपेमेन्ट गर्न सकिने स्मार्ट कार्ड  प्रयोगमा ल्याएको हो। 

उक्त कार्डमार्फत जुनसुकै सवारी साधनमा विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिनेछ। 

 दुई सयको कार्डले २ सय ५० रुपैयाँको यात्रा गर्न सकिने प्रालिले जनाएको छ । सो सेवा देशव्यापी बनाइने लक्ष्य रहेको प्रालिका प्रशासन प्रमुख सरिता योगीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्