०६ साउन २०८३, बुधबार

मन्त्रिपरिषद् पुनर्गठन कहिले ? भन्ने प्रश्नमा नारायणकाजीको यस्तो जवाफ

मन्त्रिपरिषद् पुनर्गठन कहिले ? भन्ने प्रश्नमा नारायणकाजीको यस्तो जवाफ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले भनेको समयमै विवाद समाधानको पहलकदमी शुरू भएकाले त्यसमा सन्तुष्ट रहेको बताएका छन् ।

नेकपाले गठन गरेको कार्यदलले पार्टी र सरकारका काम प्रभावकारी बनाउन सुझाव दिने अपेक्षा उनले गरे । 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले कार्यदललाई प्रभावकारी बनाउनेबारे छलफल भएको बताए ।

सोमवारको बैठकले महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको कार्यदललाई अनुमोदन गरेको थियो । 

माधव नेपाल, झलनाथ खनाल लगायतको असन्तुष्टि हो भन्ने प्रश्नमा प्रवक्ता श्रेष्ठले भने, ‘कार्यदललाई अझ प्रभावकारी बनाउन सचिवालयमा पनि लगेर अनुमोदन गर्नुपर्छ भन्ने सुझाव आएका हुन् । पार्टीको संकट समाधानका लागि दुई अध्यक्षले कार्यदल गठन गर्न नपाउने भन्ने होइन ।’ 

कार्यदलले छिटोभन्दा छिटो सकारात्मक निष्कर्ष निकाल्ने उनले विश्वास गरे ।

‘प्रधानमन्त्रीले भन्नुभएजस्तै समयमै पहल कदमी भएको छ, काम अगाडि बढेको छ, त्यसप्रति सन्तोष मान्नुपर्ने हुन्छ, केही दिनभित्र निकास निस्कनेमा हामी विश्वस्त छौं,’ श्रेष्ठले भने । 

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेकपा विवाद ५ दिनमा समाधान हुने संकेत गरेका थिए । त्यो ५ दिनको काउन्टडाउन आज सकिँदैछ ।

मन्त्रिमण्डल पुनर्गठन र मुख्यमन्त्री हेरफेरको चर्चा बारे सोधिएको प्रश्नमा प्रवक्ता श्रेष्ठले यसबारे पार्टीमा छलफल शुरू नभएको दाबी गरे । ‘तपाईंहरूले भन्नुभएको कुरा मलाई त थाहा छैन ।

कार्यदलको रिपोर्ट आएपछि मात्र अन्य विषयमा छलफल हुन्छ । पहिला वैचारिक र नीतिगत सहमति भएपछि मात्र त्यस मातहत निष्कर्ष निकालिने हुन् । तपाईंले भन्नुभएका कुनै विषय अहिले छलफलमा छैनन्,’ श्रेष्ठले भने ।

salt training

कमेन्ट गर्नुहोस्