१९ असार २०८३, शुक्रबार

५ नम्बर प्रदेश प्रहरी प्रमुख र मातहतका १७ प्रहरी कार्यालय प्रमुखद्वारा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

५ नम्बर प्रदेश प्रहरी प्रमुख र मातहतका १७ प्रहरी कार्यालय प्रमुखद्वारा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

प्रदेश नम्बर ५ प्रहरी कार्यालयका प्रमुख तथा मातहतका १७ मातहत कार्यालयका कार्यालय प्रमुखले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ । 

५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक रवीन्द्रबहादुर धानुक तथा प्रहरी तालिम केन्द्र बुटवल, दंगा नियन्त्रण प्रहरी गण सुनवल, सशस्त्र प्रहरी गण खजुरा बाँके, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, १२ वटा जिल्ला प्रहरी कार्यालय तथा नेपाल प्रहरी स्कूल दाङ समेत १७ वटा मातहत कार्यालयका कार्यालय प्रमुखहरूबीच प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा आइतवार आयोजित एक कार्यक्रमबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो ।

प्रहरी नायव महानिरीक्षक धानुकले कार्यसम्पादन सम्झौता प्रभावकारी कार्यान्वयनका लागि लगनशीलता र प्रतिबद्धताका साथ क्रियाशील भई लक्ष्य पूरा गर्न निर्देशन दिएका छन् ।

शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, आर्थिक अनुशासन र पारदर्शिता, मानवअधिकार संरक्षण र समुदायकेन्द्रित प्रहरी कार्यलाई  मुख्य प्राथमिकता दिन उनले जोड दिए ।

विपद् व्यवस्थापनको लागि उद्धार सामग्रीसहित जनशक्तिलाई तयारी हालतमा राख्न तथा कोभिड– १९ महामारीको अवस्थामा कर्तव्यपालनाको सिलसिलामा आवश्यक सावधानी र सुरक्षा अपनाउन प्रहरी अधिकृतहरूलाई प्रहरी नायव महानिरीक्षक धानुकले निर्देशन समेत दिए ।

salt training

कमेन्ट गर्नुहोस्