
नेपालमा कोरोनाभाइरस (कोभिड– १९)का कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार पत्रकार सम्मेलन गरी जानकारी दियो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १६८ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये काठमाडौंमा १०९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना छन् ।
पछिल्लो २४ घण्टामा १५९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ४९५ पुगेको छ ।
मृतकको संख्या भने १०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।