२८ असार २०८३, आइतबार

मानुषीमाथि महँगो लगानी

भदौ ७, २०७७
मानुषीमाथि महँगो लगानी

पूर्व मिस वल्र्ड मानुषी चिल्लर फिल्म ‘पृथ्वीराज चौहान’ पूरा नहुँदै अर्को फिल्ममा अनुबन्धित भएकी छन्। अभिनेत्रीको समेत पगरी लगाइसकेकी मानुषी अभिनेता अक्षय कुमारसँग फिल्म ‘पृथ्वीराज चौहान’मा काम गरिरहेकी थिइन्।

annapurna post

फिल्मको ६० प्रतिशतभन्दा बढी सुटिङ पनि सकिएको थियो। तर, कोरोनाका कारण जारी लकडाउनले फिल्मको बाँकी सुटिङ सम्भव भएन। फिल्मको बाँकी सुटिङका लागि नायक अक्षय कुमारले अक्टोबरको समय दिएका छन्।

यसैबीच यशराज फिल्म ब्यानरले अभिनेता विक्की कौशलको साथमा मानुषीलाई लिएर नयाँ फिल्म बनाउने भएको छ। कमेडी जनराको फिल्ममा विक्कीसँग काम गर्न पाउँदा मानुषी पनि खुसी छिन्। मानुषीले मंगलबार विक्कीसँगको फिल्ममा साइन गरेकी छन्।

फिल्ममा मानुषीको छनोट भने सजिलै भएको होइन। उनले यो फिल्मका लागि अडिसन दिएकी थिइन्। दुई फिल्ममा मानुषीमाथि महँगो लगानी गरेको यशराज ब्यानरले उनीबाट ठूलो अपेक्षा गरेको छ। मानुषी तीन वर्षपहिले मिस वल्र्ड भएकी थिइन्।  अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्