खानेकुरा, मोटरसाइकल र नगद बोकेको एक मालवाहक विमान दक्षिण सुडानको राजधानी जुबास्थित विमानस्थलबाट उड्नेबित्तिकै दुर्घटनाग्रस्त भएको छ । चार यात्रु र तीन विमान कर्मचारीको मृत्युको पुष्टि भएको छ ।
एन्टोनोभ एन–२६ विमान देशको उत्तरपश्चिममा रहेको अवेल शहरतर्फ जाँदै थियो । सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियो र तस्वीरमा विमानका टुक्रा दुर्घटनास्थलमा छरिएको देखिन्छ ।
‘
विमानमा कुल आठजना थिए । एकजना यात्रुको ज्यान जोगिएको छ र उनको स्वास्थ्यअवस्था राम्रो छ,’ यातायातमन्त्री मादुत बियारले एएफपी समाचार संस्थालाई बताए । ‘अन्य यात्रु र विमान कर्मचारीको मृत्यु भएको छ ।’
विमानमा गैरसरकारी संस्थाका कर्मचारीलाई तलब लिनका लागि नगदका साथै मोटरसाइकल र खानेकुरा थियो । दुर्घटनतापछि नगद खस्दा टिप्नका लागि मानिसहरू दौडिएका थिए ।
दुर्घटनाको कारणका विषयमा छानबिन गरिँदैछ ।
Antonov An-26 cargo plane crashes after takeoff from Juba Airport, South Sudan. At least four occupants on board have died. https://t.co/Mr5k1wmi9V pic.twitter.com/zFANu5KIkX
— Breaking Aviation News & Videos (@breakingavnews) August 22, 2020