२३ जेठ २०८३, शनिबार

विप्लवको पार्टीका पूर्व कमान्डर जसपा प्रवेश

विप्लवको पार्टीका पूर्व कमान्डर जसपा प्रवेश

विप्लव नेतृत्वको नेकपा केन्द्रीय कमान्डका सैन्य कमान्डर जीवन लामा (जिमी) लगायतका कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

लामालगायत विभिन्न जिल्लाका ८८ जना कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

लामाको नेतृत्वमा व्यूरो सदस्य प्रह्लाद फुयाल, रौतहटका पूर्व जिल्ला सेक्रेटरी गोपाल जिम्बालगायत कार्यकर्ता जसपा प्रवेश गरेका हुन् ।

शान्तिपूर्ण राजनीतिमा कार्यकर्तालाई प्रवेश गराइएको अध्यक्षद्वयले जनाएका छन् ।

हेर्नुहोस्, विज्ञप्ति :

 

salt training

कमेन्ट गर्नुहोस्