
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–८ का ४० वर्षीय अर्जुन यादवको चिर्पट प्रहार गरी हत्या गरिएको छ ।
झगडाका क्रममा शनिबार राति यादवमाथि दाउराका चिर्पटले टाउकोमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।
आपसी झगडाका कारण छिमेकीले हत्या गरेको आशंका प्रहरीको छ । उनको शव घरको आँगन छेउमा थियो ।
घटनाको अनुसन्धान गर्न छिमेकी २ जनालाई नियन्त्रणमा लिइएको लामाले बताए । झगडाको कारण अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।