२२ जेठ २०८३, शुक्रबार

रुपन्देहीमा एक हप्ता थपियो लकडाउन, अब भदौ १४ सम्म

भदौ ७, २०७७
रुपन्देहीमा एक हप्ता थपियो लकडाउन, अब भदौ १४ सम्म

रूपन्देहीमा भदौ १४ गतेसम्मलाई लकडाउन थप गरिएको छ ।  कोरोना संक्रमण समुदायमा दैनिक बढेपछि थप एक हप्ता लकडाउन थपिएको हो ।

आइतबार बसेको जिल्ला स्तरीय कोभिड–१९ नियन्त्रण तथा रोकथाम केन्द्र (सिसिएमसी) को बैठकले कोरोना नियन्त्रणको प्रभावकारी माध्यम लकडाउन भएको निष्कर्ष सहित लकडाउनको समय पुनः थप्ने निर्णय गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले बताए ।

प्रजिअ पन्थको अध्यक्षता तथा प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी पनि सहभागी थिए । अब १४ गते राति १२ बजे सम्म लकडाउन जारी रहनेछ । यसअघि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भदौ २ गतेदेखि आइतबार राति १२ बजेसम्म लकडाउन गरेको थियो । 

यसअघि रुपन्देहीका अलग–अलग पालिका र जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आ–आफ्नै ढंगले लकडाउन गर्ने निर्णय गरेकोमा यस पटक भने सबैले एकरूपताका साथ लकडाउन गर्ने निर्णय भएको प्रजिअ पन्थले बताए ।

लकडाउनको समयमा अत्यावश्यक सेवाका सवारी साधन बाहेक कुनैपनि सवारीसाधन सन्चालन, पसल खोल्न तथा हिँडडुल गर्न निषेध गरिएको छ । यसपटकको लकडाउन भने पहिले भन्दा थप कडाई हुने जनाइएको छ । 

पछिल्ला केही दिन यता बुटवलका बिभिन्न स्थानमा गरिएको परिक्षणमा बुटवलमा मात्र १ सय २७ जना तथा रुपन्देही भरीमा ६३१ जना भन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएपछि लकडाउनको म्याद बढाउन दवाव बढ्दै गएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्