नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ स्थित बाराही बजारमा आइतवार स्काभेटर आगजनी गरेको आशंकामा १ जनालाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।
पार्किङ गरिराखिएको बा२क २२६० नम्बरको स्काभेटर आगजनी गरेको आशंकामा बेलकोटगढी–१३ चिसापानीका ४८ वर्षीय राजाराम पाण्डेलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए ।
प्रनि फुयाँलका अनुसार सोही ठाउँका राजेन्द्र तामाङले भाडामा लिई सञ्चालन गर्दै आइरहेको स्काभेटरलाई आइतवार बिहान ५ बजे अज्ञात समूहले आगजनी गरेको थियो । स्काभेटर आगजनी भएका स्थानमा बकेटमा नेपाल कम्युनिस्ट पार्टी लेखिएको पत्र समेत छाडिएको उनले जानकारी दिए । क्षति विषयमा जाँचबुझ भइरहेको छ ।