२१ जेठ २०८३, बिहीबार

थप ७४३ जनामा कोरोना पुष्टि, मृतकको संख्या १५७ पुग्यो

थप ७४३ जनामा कोरोना पुष्टि, मृतकको संख्या १५७ पुग्यो

पछिल्लो २४ घण्टामा नेपालमा थप ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले थपिएको संख्याबारे जानकारी दिए ।

राजधानी काठमाडौं उपत्यकामा २२४ संक्रमित थपिएका छन् । थपिएकामध्ये काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना रहेका छन् ।

देशभर सक्रिय संक्रमित १३ हजार ७१५ जना रहेका छन् । संक्रमितहरू संस्थागत आइसोलेसनमा ९ हजार १५४ जना र होम आइसोलेसनमा ४ हजार ५६१ जना रहेका छन् ।

हाल क्वारेन्टीनमा ११ हजार २७५ जना रहेका प्रवक्ता गौतमले बताए । हालसम्म अस्पतालबाट डिस्चार्ज भएको संख्या १८ हजार ८०६ रहेको जानकारी दिँदै गौतमले निको हुने दर ५८% रहेको जानकारी दिए ।

सक्रिय संक्रमित ५०० जनाभन्दा बढी रहेका जिल्लामा मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही, बारा र काठमाडौं रहेका छन् भने मुस्ताङ र हुम्लामा शून्य संक्रमित छन् ।

पछिल्लो विवरण अनुसार कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । सुनसरीमा ६८ वर्षीय पुरुष, मोरङमा ६५ वर्षीय पुरुष, पर्सामा ७० वर्षीया महिला, काठमाडौंमा ४८ वर्षीया महिला तथा रुपन्देहीमा ६८ वर्षीया महिला र ३८, ५३, ५४ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले बताए । यससँगै मृतकको संख्या १५७ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्