२६ असार २०८३, शुक्रबार

नेप्सेमा २१ अंकको वृद्धि

भदौ ८, २०७७
नेप्सेमा २१ अंकको वृद्धि

कोरोनाको संक्रमण फैलिने भन्दै सरकारले निषेधाज्ञा जारी गरेको भएपनि शेयर बजारलाई भने त्यसले कुनै प्रभाव पारेको छैन ।

आइतवार दोहोरो अंकले बढेको शेयर कारोबार मापक नेप्से परिसूचकले सोमवार पनि सोही लय पछ्याएको छ । कारोवार रकममा समेत बढोत्तरी भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमवार नेप्से परिसूचक २१.२६ बिन्दुले बढेर १ हजार ४३१.६० मा पुगेको छ । सेन्सेटिभ परिसूचक ३.५९ ले बढेर २९३.१४ मा पुगेको छ । कूल १८२ कम्पनीको ४९ लाख २४ हजार २८९ कित्ता शेयर २ अर्ब १३ करोड ९२ लाख २ हजार ७५ बराबरको कारोबार भयो । 

कारोबार भएका कूल १२ उपसमूहमध्ये सोमवार होटल उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसमूह १.४३ ले घटदा बैंकिङ १६.०८, व्यापार १३.७३, विकास बैंक १७.१६, जलविद्युत् ७.२२, वित्त ३.७, निर्जीवन बीमा १२८.६९, उत्पादन ६४.९१, अन्य १२.३६, लघुवित्त ५५.७३, जीवन बीमा १६२.८७ र सामूहिक लगानी कोष ०.०३ विन्दुले बढेको छ ।

कारोबारका आधारमा सोमवार पुनर्बीमा कम्पनीको शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २१ करोड ६० लाख ४० हजार ९७५ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

नेको इन्स्योरेन्स कम्पनी १२ करोड ९९ लाख २१ हजार ५१६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १२ करोड १८ लाख ४ हजार ३६९, ग्लोबल आईएमई बैंक ११ करोड ८० लाख २६ हजार ९६६, नेपाल बैंक लिमिटेड ८ करोड २७ लाख ८८ हजार ५२६, शिवम् सिमेन्ट ७ करोड ३८ लाख २२ हजार १३७ र प्रभु इन्स्योरेन्स कम्पनीको ५ करोड ९५ लाख ४८ हजार १३६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । कर्पोरेट डेभलपमेन्ट बैंक ६.९०, खानीखोला हाइड्रोपावर ६.२५, आरएमडिसी लघुवित्त ५.५०, घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ५.०८  प्रतिशतले कमाए । 

छ्याङदी हाइड्रोपावर २.२५, श्री इन्भेस्टमेन्ट फाइनान्स १.९७, मल्टीपर्पस फिनान्स कम्पनी १.८५, प्रोगेसिभ फाइनान्स कम्पनी १.८५ र राधी विद्युत् कम्पनीका शेयरधनीले १.८५ प्रतिशतले गुमाए ।

salt training

कमेन्ट गर्नुहोस्