२६ जेठ २०८३, मंगलबार

बीमा शुल्कमा छुट दिन बीमा समितिको निर्देशन

भदौ ८, २०७७
बीमा शुल्कमा छुट दिन बीमा समितिको निर्देशन

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले लकडाउनको अवधिमा बन्द भएका उद्योगको बीमा शुल्कमा छुट दिन निर्देशन दिएको छ ।

समितिले सोमवार निर्जीबन बीमा कम्पनीलाई एक सर्कूलरमार्फत छुट दिन निर्देशन दिएको हो । 

समितिले ‘सम्पत्ति बीमा निर्देशिका २०७५’ अनुसार बन्द अवस्थाका कलकारखानाको बीमा दरलाई छुट दिन निर्देशन दिएको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार छुट दिन निर्देशन दिइएको छ ।

समितिले लकडाउनका कारण बन्द अवस्थाको जोखिमको लागि एक तिहाइ तथा जोमिख समूहको बीमा दर ५० प्रतिशत समानुपातिक रुपले छुट गर्ने व्यवस्था चालु आवको  बजेटमा नै रहेको स्मरण गराएको छ ।

समितिले चालु आवको बजेटमा भएको व्यवस्था पनि कार्यान्वयन गर्न आग्रह गरेको छ । समितिले त्यस्तो छुट ८३ दिनको लागि कायम हुने स्पष्ट पारेको छ ।

salt training

कमेन्ट गर्नुहोस्