
सशस्त्र प्रहरी बलका निरीक्षक (इन्स्पेक्टर) लागि लिएको परीक्षाको अन्तिम नजिता प्रकाशित भएको छ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले २०७६ मंसिर १८ गते प्रकाशित विज्ञापन अनुसार खुल्ला पदपूर्ति गरेको हो। लिखित परीक्षामा उत्तीर्ण भएकाको २०७७ भदौ ३ गते अन्तर्वार्ता थियो।
जस अनुसार खुलातर्फ ३९, महिलातर्फ ३, आदिवासी7जनजातितर्फ १२, मधेसीतर्फ ८, दलिततर्फ १ र पिछडिएको क्षेत्रबाट २ जना सफल भएका छन्।