३० असार २०८३, मंगलबार

उम्मेदवारलाई चुनाव चिह्न शुक्रबार

कात्तिक २०, २०७४
उम्मेदवारलाई चुनाव चिह्न शुक्रबार


काठमाडौँ, २१ वैशाख - निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारलाई शुक्रबार चुनाव चिह्न दिने भएको छ ।election

पहिलो चरणको निर्वाचन कार्यक्रमानुसार शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । यसअघि शुक्रबार बिहान १० देखि ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । आयोगले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका उम्मेदवारलाई दलको नाममा कायम रहेको चुनाव चिह्न तथा अरु दलका उम्मेदवारलाई स्वतन्त्र चुनाव चिह्न प्रदान गर्ने छ ।

यसैबीच यही वैशाख १९ गते भएको मनोनयन दर्ता कार्यक्रममा ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहका विभिन्न पदमा ४९ हजार दुई सय सात जनाले मनोनयन दर्ता गराएको तथ्याङ्क प्राप्त भएको आयोगले जनाएको छ । यद्यपि अझै यकिन विवरण एकीकृत भइनसकेको आयोगको भनाइ छ ।
तेह्र हजार पाँच सय ५६ पदमा छनोटका लागि हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनमा प्रमुख÷अध्यक्षमा एक हजार नौ सय २५, उपप्रमुख÷उपाध्यक्षमा एक हजार चार सय २९, वडाध्यक्षमा १० हजार आठ सय ४१, प्रत्येक वडाबाट छनोट हुने दुई सदस्यमा १८ हजार ती सय ७१ र महिला सदस्यमा नौ हजार ३३ र दलित महिला सदस्यमा सात हजार ४७२ उम्मेदवारी परेको जनाइएको छ ।

स्थानीय तहमध्ये सबैभन्दा बढी काठमाडौँ महानगरपालिकामा विभिन्न पदका लागि आठ सय ८७ को उम्मेदवारी परेको छ । निर्वाचन कार्यक्रमानुसार पहिलो चरणको निर्वाचनमा उम्मेदवारी दिई नाम फिर्ता लिन चाहने व्यक्तिलाई आज नाम फिर्ता लिन समय प्रदान गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्