०७ साउन २०८३, बिहीबार

मलामी गएकामध्ये ७८ को रिपोर्ट नेगेटिभ

भदौ ९, २०७७
मलामी गएकामध्ये ७८ को रिपोर्ट नेगेटिभ

बर्दियाको मधुवन नगरपालिकामा एक व्यक्तिको दाहसंस्कारपछि कोरोना रिपोर्ट पोजिटभ आएका कारण पिसीआर परीक्षण गरिएका ७८ मलामीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

मधुवन-९ का कोरोना पोजेटिभ ७८ वर्षीय एक पुरुषको मृत्युपछि मलाम गएका ७९ जनाको परीक्षण गर्दा एक जनामा कोरोना सङ्क्रमण देखिएको नगर प्रमुख गणेशबहादुर क्षेत्रीले जानकारी दिए। दाहसंस्कारपछि मृतकको सम्पर्कमा रहेका मलामी र स्थानीयवासीलाई क्वारेन्टिन तथा होम क्वारेन्टिनमा राखिएको थियो।

यही भदौ १ गते ७८ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो। नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएपछि घर ल्याएर दाहसंस्कार गरिसकेपछि उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।

salt training

कमेन्ट गर्नुहोस्