२४ जेठ २०८३, आइतबार

काठमाडौं उपत्यकाको निषेधाज्ञाबारे भोलि मात्र निर्णय हुने

काठमाडौं उपत्यकाको निषेधाज्ञाबारे भोलि मात्र निर्णय हुने

काठमाडौँ उपत्यकामा निषेधाज्ञाको समय थप्ने वा हटाउने भन्ने बारेमा भोलि बुधबार मात्र निर्णय हुने भएको छ।

मंगलबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा प्रमुखहरुको बैठक बसे पनि निर्णय भएन।​

काठमाडौंंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘आज कुनै निर्णय भएन। भोलि फेरि बैठक बस्छ।’

तीनवटै जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) बैठकले भदौ १७ गते रातिसम्म निषेधाज्ञा अवधि बढाउन सिफारिस गरेकाे थियाे।

काठमाडौं उपत्यका नगरपालिका फोरमले जारी निषेधाज्ञा १५ गतेसम्म लम्ब्याएर परीक्षणको दायर बढाउन सुझाव दिएको थियो ।

काठमाडौंमा पनि पहिलो चरणमा भदौ ३ देखि १० गतेसम्मका लागि निषेधाज्ञा घोषणा गरिएको थियो।

salt training

कमेन्ट गर्नुहोस्