२३ असार २०८३, मंगलबार

क्यानडाको प्रलोभनमा २१ लाख ठगी, तीन जना पक्राउ

क्यानडाको प्रलोभनमा २१ लाख ठगी, तीन जना पक्राउ

महानगरीय अपराध महाशाखाले ‘क्यानडा पठाइदिने’ भनी २१ लाख ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। 

प्रहरीले सुर्खेतका ध्रुव थापा, सन्ध्या थापा र सुनसरीका राजेन्द्रकुमार श्रेष्ठलाई धापासीबाट पक्राउ गरेको हो।  

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले मोरङ शनिश्चरे घर भई कपन सरस्वतीनगर बस्दै आएका नारायण खड्कालाई क्यानडा पठाइदिन्छु भनी २१ लाख ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्