२९ जेठ २०८३, शुक्रबार

प्रदेश २ मा थपिए २४६ कोरोना संक्रमित

भदौ १०, २०७७
प्रदेश २ मा थपिए २४६ कोरोना संक्रमित

प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोनाका २४६ नयाँ सङ्क्रमित थपिएका छन्।

 प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार सो अवधिमा सिरहामा दुई, धनुषामा ३३, महोत्तरीमा २०, सर्लाहीमा ७०, रौतहटमा १३, बारामा ५३ र पर्सामा ५४ जना नयाँ सङ्क्रमित थपिएका हुन्। 

यसका साथै, अव सङ्क्रमितको सङ्ख्या नौ हजार ४२७ पुगेको छ। सोमध्ये बुधबार १२८ जना उपचारपछि घर फर्केका छन्।

यस प्रदेशमा अहिलेसम्म चार हजार ४३९ जना उपचार गराइ निको भएर घर फर्केका छन्। यस प्रदेशका १९६ क्वारेन्टिनमा ८८१ जना छन् भने होम क्वारेन्टिनमा दुई हजार ५८८, आइसोलेशनमा एक हजार १२० र होम आइसोलेशनमा तीन हजार ८०४ जना रहेको समाजिक विकास मन्त्रालयले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्