
बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–७ की ७० वर्षीया महिलाको कोभिड–१९ संक्रमणबाट बिहीवार दिउँसो ११ः५० बजे मृत्यु भएको हो ।
यससँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । ती महिलामा दुवै फोक्सोको निमोनिया रहेको बाँकेका कोभिड फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
ती महिला नेपालगञ्ज मेडिकल कलेजमा भदौ ५ गते छातीको संक्रमण भएर भर्ना भएकी थिइन् । सोही दिन उनलाई स्वाव संकलन गरी कोरोना जाँच गर्दा उनमा कोरोना देखिएको थियो । उनलाई भदौ ६ गते कोहलपुरको भेन्टिलेटरमा सारिएको थियो ।