पृथ्वी राजमार्गस्थित तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा सडकछेउमा रोकिराखेको ट्रक तोडफोड गरेको अभियोगमा ४ युवा पक्राउ परेका छन् ।
ना५ख १६५० नम्बरको ट्रकमा बुधवार राति ढुंगामूढा गरी चालकलाई हातपात गरेको अभियोगमा प्रहरीले ४ युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–२ घर भई हाल व्यास–१ बस्ने १९ वर्षीय मनिष श्रेष्ठ, व्यास–१ बस्ने २७ वर्षीय अनुप दुरा, व्यास–१ नयाँबस्ती बस्ने २२ वर्षीय नकुल गुरुङ र व्यास–६ घर भइ व्यास–१ बस्ने १८ वर्षीय सुरेन्द्र गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट बिहीवार म्याद थप गरी अनुसन्धान भइरहेको छ ।