२२ जेठ २०८३, शुक्रबार

वैदेशिक अध्ययन अनुमतिपत्र पुनः खुला हुने

भदौ ११, २०७७
वैदेशिक अध्ययन अनुमतिपत्र पुनः खुला हुने

उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सज सर्टिफिकेट) जारीको कार्य पुनः सञ्चालन हुने भएको छ ।

मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

कोरोना महामारीको जोखिमका कारण सरकारले गत चैत ३ गते अनुमति दिने कार्य स्थगनको निर्णय गरेको थियो । 

जोखिम कायमै रहेतापनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी भएपछि वैदेशिक अध्ययन अनुमतिपत्र पनि खुल्ने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्यस्तो अनुमति जारी गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्