१६ असार २०८३, मंगलबार

सामाजिक क्षेत्रको कामलाई प्राथमिकता नदिए उपलब्धि जोगाउन सकिँदैन- मन्त्री गुरुङ

सामाजिक क्षेत्रको कामलाई प्राथमिकता नदिए उपलब्धि जोगाउन सकिँदैन- मन्त्री गुरुङ
फाइल फोटो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक रुपान्तरणको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। मन्त्री गुरुङले सामाजिक क्षेत्रको कामलाई प्राथमिकताका साथ अघि नबढाउने हो भने राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धिहरुलाई जोगाउन नसकिने पनि बताए।

मानव अधिकार एलायन्सले बिहीबार ललितपुरमा आयोजना गरेको ‘भर्चुअल’ बैठकमा बोल्दै उनले सामाजिक संघ, संस्थाहरुलाई गलत काम नगर्न सचेत गराए।

कार्यक्रममा नागरिक अगुवा सुशील प्याकुरेल, समाज कल्याण परिषदका नवनियुक्त उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, नेपाल रेडक्रस सोसाईटी तदर्थ समितिका अध्यक्ष डा. नेत्र तिमिल्सिना, राष्ट्रिय बाल अधिकार परिषदका नवनियुक्त कार्यकारी निर्देशक मिलन धरेल, नेपाल बाल संगठन, तदर्थ समितिकी अध्यक्ष विद्या न्यौपानेले आफूहरुले लिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

मानव अधिकार एलायन्सका अध्यक्ष मिनबहादुर शाही, सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठक, गैरसरकारी संस्था महासंघ, नेपालका अध्यक्ष जीतराम लामाले रेडक्रस, समाज कल्याण परिषदलगायतका संघ, संस्थाहरुलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने आवश्यक्ता औंल्याएका थिए।
 

salt training

कमेन्ट गर्नुहोस्