२३ जेठ २०८३, शनिबार

ससुरा ज्वाईंदेखि जेठाजु बुहारी सम्मको चुनावमा प्रतिस्पर्धा

कात्तिक २०, २०७४
ससुरा ज्वाईंदेखि जेठाजु बुहारी सम्मको चुनावमा प्रतिस्पर्धा
जाजरकोट, २२ वैशाख - जाजरकोटको बारेकोट गाउँपालिका ५ मा ससुरा ज्वाइँबीच फरक फरक दलबाट एकै पदमा प्रतिस्पर्धा हुने भएको छ । ससुरा भिमबहादुर सिंह र ज्वाईं गणेश गीरी एकै पदमा स्थानीय निर्वाचनमा प्रतिस्पर्धामा छन् ।

ज्वाईं कांग्रेसबाट वडा नम्बर ५ का उम्मेदवार बनेका छन् भने ससुरा भिमबहादुर सिंह माओबादी केन्द्रबाट सोही पदका लागि उम्मेदवार बनेका छन् । ससुरा माओवादी द्न्द्वको कालमा प्रत्यक्ष होमिएका थिए भने गणेश गीरी युवा उम्मेदवारको रुपमा रहेका छन् । दुवै उम्मेदवारहरुले प्रचार प्रसारलाई प्राथमिकता दिइरहेका छन् ।

तर, उनीहरुका आफन्तले भने कसलाई भोट दिने भनेर चिन्ता व्यक्त गर्न थालेका छन् । दुई मध्ये एक जनाले उम्मेदवारी फिर्ता लिनको लागि आफन्तहरुले आग्रह गरेको भएपनि उनीहरुले उम्मेदवारी फिर्ता नलिएको खबर आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

शिवालय गाउँपालिकामा जेठाजु बुहारी फरक फरक पार्टीबाट उम्मेदवार बनेका छन् । माओबादी केन्द्रबाट गाउँपालिका प्रमुखमा लालबहादुर थापा उम्मेदवार भएका छन् भने उनकी वुहारी कुमारी थापा एमालेबाट उपप्रमुखको उम्मेदवार बनेकी छन् ।

एमालेबाट ०५४ सालमा भएको स्थानीय निकाय निर्वाचनमा साविकको सीमा गाविसबाट अध्यक्ष बनेका लालबहादुर यसपटक एमालेले टिकट नदिएपछि पार्टी परित्या गर्दै माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् ।

उनले पार्टी छाडेपनि मतदातालाई विचलित हुन नदिनको लागि उनकै भाई हरिबहादुरकी श्रीमती कुमारीलाई एमालेले उपप्रमुखको टिकट दिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्