१६ असार २०८३, मंगलबार

बाहुबलीको अब टीभी सिरियल बन्ने, हजार करोड कमाउला फिल्मले ?

कात्तिक २०, २०७४
बाहुबलीको अब टीभी सिरियल बन्ने, हजार करोड कमाउला फिल्मले ?

बाहुबलीका निर्माताले फिल्मको सफलतालाई भुलाउनका लागि कुनै मौका छोडेका छैनन् । बाहुबालीका दुवै फिल्म हिटभएपछि अब चाढै नै फिल्म टीवी सीरिजको रुपमा पनि दर्शक आउने आउने भएको छ ।

फिल्मका निर्माताले यस टिभी सिरिजको घोषणा गरेका हुन् ।

बलिउड हंगामामा आएको समाचार अनुसार प्रोड्युसर शोभू यार्लागडाले आगामि साल बाहुबलीको सिरियल लिएर आउने भएका हुन् । ’बाहुबली अब मात्र आन्ध्र प्रदेशमा सिमित छैन पूरै विश्वभर चर्चित भएको छ । हामिले तया गरेका छौं कि सिरियल हिन्दीमा बनाइने छ ।’ उनले बताए ।

फिल्म टीभी सिरियलमा आउने पक्का भएको छ तर को को कलाकारले काम गर्नेछन् यसको नाम तय भएको छैन । यसको अलावा बाहुबलीकी राजमाता शिवगामी माथि पनि टिभि शो हुनेछ जसको घोषणा भइसकेको छ ।

बाहुबली २ बक्स अफिसमा कमाइको सवै रेकर्ड तोड्दै अघि बढिरहेको छ । फिल्म रिलिज भएको मात्र ६ दिन भएको छ र फिल्मले ८०० करोड भन्दा बढी कमाएको छ । समाचारहरुका अनुसार आगामी हप्तासम्ममा फिल्मले हजार करोड कमाउँने छ ।

salt training

कमेन्ट गर्नुहोस्