०८ असार २०८३, सोमबार

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि बन्द नहुने

कात्तिक २०, २०७४
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि बन्द नहुने

चितवन, २२ वैशाख– काठमाडौं भित्रिने तथा बाहिरिने प्रमुख नाकामध्येको नारायणगढ–मुग्लिन सडक खण्ड यही वैशाख २५ गते (सोमबार)देखि दिउँसोको समयमा बन्द नहुने भएको छ ।

स्थानीय तहको निर्वाचनमा मतदाताहरुलाई आवातजावतमा सहज बनाई दिन वैशाख २५ देखि जेठ ३ गते सम्म नारायणगढ–मुग्लिन सडक खण्ड कुनै पनि बेला बन्द नहुने आयोजनाका इन्जिनियर शिव खनालले नारायणी अनलाईनलाई जानकारी दिए ।

आयोजनाले अहिले कामलाई द्रुत गतिमा अघि बढाउन विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गर्दै आइरहेको छ । यही वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने भएपछि सहजताको लागि सडक खुल्ला गरिन लागिएको हो । यस सडक खण्ड भएर हजारौं सवारी साधनहरु आवातजावत गर्ने गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्