११ साउन २०८३, सोमबार

दक्षिण चीन सागरमा तनाव बढ्दा चीनको सैन्य अभ्यास जारी

भदौ १४, २०७७
दक्षिण चीन सागरमा तनाव बढ्दा चीनको सैन्य अभ्यास जारी

दक्षिण चीन सागरमा तनाव बढिरहँदा चिनियाँ सेनाले देशको पूर्वी भागको जलक्षेत्रमा दुईथरी सैन्य अभ्यास शुरू गरेको छ । उक्त क्षेत्रमा अमेरिकाले पनि उपस्थिति बढाउँदै लगेको छ । 
 

शांघाईमा रहेका सैन्यविद् नी लेक्सिओङले साउथ चाइना मर्निङ पोस्टसँग कुरा गर्दै बोहाइ र पीत सागरमा गरिएका अभ्यासले युद्धकालीन आक्रमण र प्रतिरक्षा दुवैको अनुकरण गर्ने व्यावहारिक उद्देश्य लिएको बताए ।

ताइवानलाई बलपूर्वक एकीकरण गर्ने स्थितिको सम्भाव्यतालाई हेर्दै चीनले सैन्य अभ्यास गरेको हो । 

‘बलियो वा कमजोर शत्रु जो भए पनि विभिन्न परिस्थितिका लागि अभ्यास गर्नुपर्ने हुन्छ,’ नीले बताए ।
 

रेनमिन विश्वविद्यालयको नेसनल एकेडमी अफ डेभलपमेन्ट यान्ड स्ट्राटेजीका प्राध्यापक दियाओ दामिङले हालैका अभ्यासलाई नियमित तालिमको संज्ञा दिँदै चिनियाँहरूको हौसला बढाउन र अमेरिका तथा ताइवानलाई तर्साउन यी अभ्यासहरू गरिएको बताए । 

यी अभ्यासहरूले कुनै विशेष देशलाई लक्षित गरेको त हैन तर हाम्रो सार्वभौमसत्ता र सुरक्षामा चुनौती आइरहेको अवस्थामा यस्ता अभ्यासले शत्रुलाई हतियार प्रयोग नगरिकनै आत्मसमर्पण गर्न बाध्य तुल्याउँछन्,’ दियाओले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्