२९ असार २०८३, सोमबार

चीनमा होटल भत्किँदा २९ जनाको मृत्यु

भदौ १४, २०७७
चीनमा होटल भत्किँदा २९ जनाको मृत्यु

चीनको उत्तरी प्रान्त शाङ्सीमा एउटा होटल भत्किँदा मृत्यु हुनेको संख्या २९ जना पुगेको छ। 

स्थानीय अधिकारीहरुले भवनमा पुरिएको आशंकामा गरिएको खोज तथा उद्धार कार्य समाप्त भएको बताएका छन्। 

शनिबार बिहान दुई तले होटल भत्किएर १७ जनाको मृत्यु भएको तथा २८ जना घाइते भएको विवरण प्राप्त भएको थियो। तर, आइतबार मृतकको संख्या २९ पुगेको हो। घाइतेमध्ये अझै पनि सात जनाको अवस्था गम्भीर रहेको छ। 

होटल भत्किनुको कारणका बारेमा स्थानीय अधिकारीहरुले अनुसन्धान शुरु गरेका छन् । उक्त घटनाको छानबिनका लागि एक समिति नै बनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्