२८ जेठ २०८३, बिहीबार

नियमावलीको ‘बाध्यात्मक प्रावधान अनुसार’ संसद चलाए, सहमतिको प्रयास जारी रहन्छ : सभामुख

कात्तिक २०, २०७४
नियमावलीको ‘बाध्यात्मक प्रावधान अनुसार’ संसद चलाए, सहमतिको प्रयास जारी रहन्छ : सभामुख

काठमाडौं २२ वैशाख– सभामुख ओनसरी घर्तीले दलीय सहमतिको प्रयास सफल नभएपछि संसदको कार्यसञ्चालन नियमावलीको बाध्यात्मक प्रावधान अनुसार संसद बैठक चलाएको बताएकी छन् ।

शुक्रवार संसदको बैठकपछि सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै सभामुख घर्तीले सहमतिको प्रयास भने जारी रहने उल्लेख गरेकी हुन् । संसदको बैठकमा नेकपा एमाले लगायतका विपक्षी दलको बिरोधका बावजुत प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव माथि संसदमा छलफलको प्रक्रिया शुरु भएको थियो ।

दलीय सहमतिका लागि भन्दै सभामुख घर्तीले बिहीवारका लागि बोलाइएको संसदको बैठक सूचना टासेर शुक्रवारसम्मका लागि स्थगित गरिएको थियो ।

संसद बैठक अघि सभामुख घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्