२९ असार २०८३, सोमबार

यूएईको रेस्टुराँमा विस्फोट, कैयौं मानिस घाइते

भदौ १५, २०७७
यूएईको रेस्टुराँमा विस्फोट, कैयौं मानिस घाइते

यूएईको राजधानी अबु धाबीको एक फास्टफूड रेस्टुराँमा सोमवार बिहान विस्फोट हुँदा कैयौं मानिस घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल लगिएको छ । 

ग्यास चुहिएका कारण विस्फोट भएको बताइएको छ । 
 

रेस्टुराँ राशिद बिन सईद स्ट्रीटमा छ । 

आकस्मिक टोलीहरूले रेस्टुराँ भएको भवनकलाई खाली गरेर उक्त क्षेत्रलाई घेराबन्दी गरेको अबु धाबी प्रहरीको भनाइ छ । 

नजिकैको हाज्जा बिन जायेद रोडमा पनि सवारी आवागमन बन्द गरिएको प्रहरीले ट्वीटमार्फत जानकारी दियो । 

एक प्रत्यक्षदर्शीले खलीज टाइम्ससँग कुरा गर्दै विस्फोटको चर्को आवाजले उक्त क्षेत्र नै थर्किएको बताए । 
 

रेस्टुराँ र भवनको भुइँतल्ला विस्फोटमा पूर्ण क्षतिग्रस्त भएका छन् । बाहिर पार्क गरेर राखिएका कैयौं गाडीमा पनि क्षति पुगेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्