२१ असार २०८३, आइतबार

आर्थिक पत्रकारहरुलाई ७.५० लाखको बीमा

कात्तिक २०, २०७४
आर्थिक पत्रकारहरुलाई ७.५० लाखको बीमा
काठमाडौं, २२ वैशाख - नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको १७ औं बार्षिकोत्सबका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल आर्थिक पत्रकार समाज सेजनमा आवद्ध कुल २५४ जना आर्थिक पत्रकारहरुलाई जनही २ लाख ५० हजार बीमांङ्क रहेको “स्मार्ट जीवन बीमा” निशुल्क प्रदान गर्ने भएको छ ।
उक्त बीमालेखमा २ लाख ५० हजार बराबरको दुर्घटना बीमा तथा रु.२.५० लाख बराबरको पूर्ण अशक्तता बीमाको थप सुविधा सहित जनहि रु.७.५० लाख बीमांङ्क बराबर १ बर्षका लागि जोखिम बहन गरेको छ ।
कम्पनीको १७औं बार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रममा उक्त रकम बराबरको जीवन बीमा नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष श्री गोकर्ण अवस्थी मार्फत प्रदान गरिएको छ ।

अग्रणी कम्पनीको नाताले मुलुकमा बीमा जागरणको सामाजिक उत्तरदायित्व समेत कम्पनीको रहकोले जीवन बीमा मार्फत सामाजिक सुरक्षाको सकारात्मक सन्देश प्रदान गर्न यस प्रयासले सघाऊ पुर्याउने बिश्वास लिएका छौं ।

“स्मार्ट हुनुहोस, जिम्मेवार बन्नुहोस” भन्ने मूल नारा रहेको स्मार्ट जीवन बीमा योजनाले योजनाले हरेक तह र तप्काका व्यक्तिलाई जीवन बीमामा समेट्ने गरि दैनिक रु.१० मा रु.१० लाखको जीवन बीमा गराउन सक्ने भएकोले जीवन बीमाको दायरा बिस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिईएको छ ।

salt training

कमेन्ट गर्नुहोस्