
सरकारले बहराइनका राजकुमारसहितको टोलीलाई लोबुचे र मनास्लु हिमाल आरोहणको अनुमति दिएको छ।
आइतबारको मन्त्रिपरिषद् बैठकले राजकुमारसहित बहराइनका नागरिक र तीनजना बेलायती गरी १८ जनाको टोलीलाई भदौ ३० गतेपछि लोबुचे र मनास्लु हिमाल आरोहणको अनुमति दिएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नेगरी उक्त टोलीलाई विशेष विमान (चार्टर फ्लाइट) बाट नेपाल आउन अनुमति दिइएको
सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।