×

NMB BANK
NIC ASIA

जुन मुलुकमा, हुर्किएको पुस्ताले पुरानो र स्थापित पुस्तासँग आँखा जुधाएर जरुरी विषयमा खुला बहस गर्न सक्दैन, त्यो मुलुक उभो त लाग्दैन नै, त्यसलाई ओरालो लाग्नबाट पनि कसैले रोक्न सक्दैन ।

Sagarmatha Cement
Muktinath Bank

हुर्किएको भनिएको त्यस पुस्तालाई इतिहासले गणना पनि गर्दैन । पखेटा लागेका बचराहरू माउ रुँगेर सधैंभरि गुणमा नबसे जस्तै आफ्नो विषयमा पोख्त भएपछि कुनै पनि संस्थाका सदस्यहरूले आफ्ना माउसँग रचनात्मक संवाद शुरू गर्नुपर्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुवाआमाको समयका चुनौती र आफ्ना पालाका चुनौतीहरू उस्तै छैनन् । थपिएका छन्, घटेका छैनन् भन्ने कुरा थाहा पाउनुपर्छ । उत्साही र आँटिला मानिसहरूले कठिन लक्ष्य तय गर्दछन् । बीपी कोइरालाले ०७ सालअघि नै पार्टी स्थापनाको ध्येय तय गर्नुभएको थियो र सबैभन्दा ठूलो कुरा त तत्कालीन समाजले पत्याउनै गाह्रो पर्ने कठिन राजनीतिक लक्ष्य निर्धारण गर्नुभएको थियो । त्यतिबेला उहाँ भर्खरै उमेरले ३ दशक मात्र नाघ्नुभएको थियो ।


Advertisment
Nabil box
Kumari

यस विषयमा एउटा प्रसंग प्रेरणादायी छ । स्थापनाको १ दशकभित्र विश्वका पछौटे, गरीब र विकासशील देशका विभिन्न स्थानमा १० हजार पुस्तकालय खोल्न सफल विख्यात अन्तर्राष्ट्रिय परोपकारी संस्था ‘रुम टु रिड’का संस्थापक अमेरिकी युवा जोन उडले माइक्रोसफ्ट कम्पनीको उच्च कमाइ हुने अन्तर्राष्ट्रिय व्यापार निर्देशकको जागिर छाडेर अन्तर्राष्ट्रिय साक्षरता अभियान शुरू गर्नुअघि आफ्ना बुवाआमालाई सँगै राखेर यसको सूचना दिएका थिए । यसको जवाफमा उनकी आमा त बोलेकी थिइनन् तर उनका बुवा उडीले यति मात्र भनेका थिए, ‘म अलि सन्काहा हुँला तर तिमी त्यस्ता छैनौं । तिम्रा आफ्नै पखेटा छन् जोन, त्यसैले उड ।’ नभन्दै उनी उडे र ‘पुस्तकालयका सन्त अभिभावक’ भनेर चिनिने एन्ड्रयु कार्नेगीको २ हजार ५०० पुस्तकालय स्थापनाको विश्व रेकर्ड तोडेर यसरी बतासिए र आकासिए कि अब कसैले उनलाई आँक्नै नसक्ने र भेट्नै नसक्ने भयो ।
माथिको प्रसंग किन उदृत गरिएको हो भने नेपाली कांग्रेसको चौधौं महाधिवेशन जतिसुकै ढिलो भएपनि अबको १ वर्षभित्र हुनैपर्छ । यो संवैधानिक तथा कानूनी समय सीमा र बाध्यता दुवै हो । पार्टी विधानद्वारा निर्दिष्ट समय सीमा भने गत वर्ष नै समाप्त भई असाधारण परिस्थितिमा मात्र थप्न मिल्ने सुविधा प्रयोग गरी थपिएको १ वर्षभित्र समेत महाधिवेशन सम्पन्न हुन नसक्ने स्थिति देखिएको छ । गत संसदीय निर्वाचनपश्चात पार्टीको आन्तरिक अव्यस्थापनलाई हटाएर संगठनात्मक सुदृढीकरणमा ध्यान केन्द्रित गर्न सकेको भए ४ वर्षभित्रै महाधिवेशन सम्पन्न भई यतिबेला चौधौं महाधिवेशनले निर्वाचित गरेको कार्यसमितिले २ वर्षपछि हुने स्थानीय तहको निर्वाचनको तयारी गरिरहेको हुन्थ्यो । यस्तो ऐतिहासिक र सुनौलो अवसरलाई पार्टीले सदुपयोग गर्न सकेको देखिएन । पार्टी नेतृत्वले आफ्नो अगाडि तेर्सिएका चुनौतीहरूलाई पहिचान गरेर समयमै पार्टीको सशक्तीकरण अभियान प्रारम्भ गरेको भए आजको हतारो, थप अव्यवस्था र बढ्दो अन्योल झेल्नुपर्ने नै थिएन । खासगरी नेतृत्व पंक्तिमा रहेका नेताहरूमा समयबोध हुन नसक्नु, महाधिवेशनका प्रतिस्पर्धी समूहमा रहे पनि पार्टी र लोकतन्त्रमाथि आइपरेको संकटलाई साझा रूपमा ग्रहण गर्न नसक्नु, पार्टीको युवा पुस्ताको सूत्रबद्ध सुझावलाई नजरअन्दाज गर्नु र विपक्षीहरू बिग्रिने दिन गनेर बस्नु आजको दिन आउनुका प्रमुख कारण हुन् । त्यसैले आज समयमा महाधिवेशन कसरी सम्पन्न गर्ने भन्ने सकस बढ्दै गएको छ र विभिन्नथरि बहसहरू प्रारम्भ भएका छन् र यसको दूरगामी महत्त्व पनि छ ।

Vianet communication
Laxmi Bank

अब के गर्ने त ? सबैका अघिल्तिर यक्ष प्रश्न खडा छ । कांग्रेसका लाखौं सदस्यहरू, शुभेच्छुक, समर्थक तथा मतदाताको मनमा यतिबेला एउटै कुरा खेलिरहेको छ । पार्टी भित्रको अव्यवस्था, वरिपरिको चुनौतीपूर्ण परिस्थिति, आगामी चुनावमा थपिने नयाँ मतदाताको मनोविज्ञान र वर्तमान सरकारले अख्तियार गर्ने रणनीति र थोपर्ने ज्यादतीको कसरी सामना गर्ने होला ? नेपालमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको भविष्यलाई सुरक्षित राख्दै भावी पुस्तालाई सग्लो लोकतन्त्र, सुदृढ पार्टी र समुन्नत राष्ट्र हस्तान्तरण गर्ने अवस्था कसरी निर्माण गर्ने होला ? यो विषयमा आगामी महाधिवेशनमा सघन छलफल होला कि नहोला भन्ने चिन्ता समेत व्याप्त छ । पार्टीमा सम्पूर्ण जीवन अर्पण गरेका नेपालका सबै लोकतान्त्रिक आन्दोलनका संघर्षशील साक्षीहरू सबैभन्दा बढी दिक्क मानेर पनि झिनो आशा बोकेर महाधिवेशनपूर्वको गतिविधि नियालिरहेका छन् ।

यस विषयमा चर्चा गर्दा एउटा कुराको हेक्का राख्नैपर्छ । कस्तो परिस्थितिमा केका निम्ति नेपाली कांग्रेसको स्थापना भएको थियो, यसले इतिहासमा कहिले, कुन परिस्थितिमा कस्तो भूमिका निर्वाह गर्‍यो र नेपाललाई डोर्‍याएर कहाँबाट कहाँ पुर्‍यायो । यो कुरा दिउँसोको घाम जत्तिकै छर्लङ्ग छ । हिजोआज अरु राजनीतिक दलहरूले आफूलाई कांग्रेसको समकक्षमा उभ्याउने चेष्टा गरेपनि त्यसको कुनै तार्किक र वस्तुनिष्ठ आधार छैन । ऐतिहासिक योगदानको बजन र व्यक्तित्वमा समकक्षता पटक्कै छैन । तर दुर्भाग्यवश, गोयबल्सको प्रचार शैलीमा सत्यलाई बंग्याएर होचा पुड्का राजनीतिक दलहरूले आफूलाई कांग्रेसको हाराहारीमा उभ्याउने प्रयास गर्दै आएका छन् । यो कांग्रेस पार्टीको लागि निकै ठूलो दुर्भाग्यको विषय हो । तर यसको कारण कांग्रेस आफैं हो । अरुमाथि मात्र दोष थोपर्नु आफ्ना कमजोरीहरूको ढाकछोप गर्नु मात्र हो । इतिहासमा समय आएको छ, हिजो भएका कमजोरीहरू स्वीकार गर्दै आफ्नो घोषित र निर्धारित बाटोमा हिँड्ने, जुन बाटो पार्टी स्थापना कालमै तय भएको छ । मूलबाटो छोडेर गल्लीतिर बरालिँदा पाएको दुःखलाई महसूस गरी विगतका कमजोरीलाई निसंकोच स्वीकार गर्दै सामयिक योजना तर्जुमा गरी जनताबीच प्रस्तुत हुने र पुनः विश्वास प्राप्त गरी राष्ट्र निर्माणमा जुट्ने । योभन्दा अर्को बाटो छैन र विकल्प पनि । त्यसैले अहिलेका चुनौतीहरू थाहा पाएर विगतको सिंहावलोकन, वर्तमानको अवलोकन र भविष्यको आकलन आजको प्रमुख दायित्व हो ।

यस सन्दर्भमा हिजोआज बुद्धिजीवीहरूका बग्रेल्ती सुझावहरू छरपष्ट रूपमा आउन थालेका छन् । कतिपय बुद्धिजीवीहरू त लोकतन्त्रप्रति गहिरो निष्ठा भएका प्रतिष्ठित र सम्मानित व्यक्ति समेत पनि पर्दछन् । उनीहरूका सैद्धान्तिक सुझावहरू निसन्देह राम्रा पनि छन् । तर दुर्भाग्यवश, प्रायोजन मिश्रित । यो अधिकार उहाँहरूलाई छैन । यस्तो सुझावलाई स्वतन्त्र सुझाव मान्न सकिँदैन र बुद्धिजीवीको प्रायोजनको भरमा मात्र पार्टी सुधार्न र नेता बन्न सकिँदैन । पार्टी भित्रको आम स्वीकृति प्रमुख कुरा हो । प्रोपोगान्डा फरक कुरा हो । आजकालका नागरिकले यस्तो कुरा सजिलै बुझ्छन् । तसर्थ उहाँहरूले बारम्बार यस्तै कुरा गरिरहने हो भने मुख खोलेर र नामै किटेर ‘इनफ इज इनफ’ भन्नुपर्ने हुन सक्छ । जमाना बदलिएको छ । २–४ अक्षर सबैले पढेका छन्, भाषामा पनि दक्षता छ र विश्व राजनीतिलाई हातमा बोकेर बसेका छन् र परम्परागत बुद्धिजीवीसँग शास्त्रार्थ गर्ने सामर्थ्य राख्दछन् । सूचना र प्रविधिको उपयोगमा पोख्त छन् । पार्टीको स्थापनाकालदेखि आजसम्मका सैद्धान्तिक र राजनीतिक पहलुबारे अद्योपान्त थाहा पाउँछन् ।

बीपीले गरेको विकसित समाज र पछौटे समाजको विवेचना पढेका छन् र अब के गर्ने भन्ने बहसमा जुटेका छन् । यसलाई बुद्धिजीवीले पोषण प्रदान गर्ने हो, माहोल बनाइदिने हो, भाँड्ने होइन । यस पंक्तिकारको पार्टी भित्रको भूमिका र आवश्यकता उसैको पुस्ताले तय गर्ने हो, निजी आकांक्षाको केही अर्थ छैन । पार्टी सुधारेर लोकतन्त्रको भविष्य सुरक्षित भयो भने वास्तविक युवालाई अबिलम्ब पार्टी र देश जिम्मा लगाउने योजना पो आजको आवश्यकता हो त ! अहिले नेतृत्वको दावा गर्न खोजेको तथाकथित युवा पुस्ताले ‘सेक्रिफाइस’ अर्थात् त्याग पो गर्न खोजेको छ कि ! स्थितिलाई सम्हालेर आफू पार्टी र राज्यको दुवै सत्तामा नजान पो खोजेको छ कि ! यो विषयलाई खोतलेर बुझ्न सक्नुपर्छ । यो कुनै ‘सेन्टिमेन्टल’ कुरा मात्र होइन । अनि मात्र सार्वजनिक प्रस्ताव राख्नुपर्छ । औसत बुद्धिका मानिस वा पार्टी भित्रका गुटका मानिस बोले जस्तो गरी बुद्धिजीवीहरू बोल्नु हुँदैन, कांग्रेसका युवाको बीचमा खेल्न खोज्नु हुँदैन । यसले बन्दै गरेको सहकार्यको उत्साहपूर्ण र सकारात्मक वातावरणलाई बिथोल्ने काम गर्दछ ।

सन् १९९४ मा जोन स्मिथको हृदयघातबाट मृत्यु भएपछि टोनी व्लेयर लेबर पार्टीको नेता निर्वाचित हुँदा उनको पार्टीले बेलायतको संसदीय निर्वाचन हारेको ४ पटक भइसकेको थियो । बेलायतका समाजवादीमा चरम निराशा व्याप्त थियो । पार्टीको भविष्य अन्धकारमय देखिन्थ्यो । पार्टीका सदस्यहरू झोक्राएर बसेका थिए । कसैले पनि अगाडिको बाटो पहिल्याउन सकेका थिएनन् । प्रतिद्वन्द्वी कन्जरभेटिभ पार्टीको सर्वत्र दबदबा थियो । पुँजीवादले बजारमुखी अर्थतन्त्र र व्यक्तिवादको सर्वोपरितालाई अगालेको थियो भने यसको दक्षिणपन्थी छलकपटबाट जनता आजित थिए । शितयुद्धको समाप्तिपछि पूर्वी युरोपका विभिन्न मुलुकमा साम्यवाद धरासायी भएर प्रजातन्त्र र स्वतन्त्रताको लहर शुरू भएको थियो । पूर्वी जर्मनी, रुमानिया, चेकोस्लाभाकिया, पोल्याण्ड, अल्बानिया लगायतका मुलुकमा साम्यवादी सत्ताविरुद्ध जनता सडकमा उत्रिएका थिए । साम्यवादले थोपरेको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक विभेद तथा ज्यादतीविरुद्ध नवचेतना र पुनर्जागरणको आगो सल्किएको थियो । समग्रमा पुँजीवाद र साम्यवादले राष्ट्रहरूमा जमाएको चरम विभेदकारी प्रभूत्वविरुद्ध जनताको विद्रोहले नयाँ विकल्प र कार्यक्रम खोजिरहेका थिए ।

विश्वका जनताको यही चाहनालाई मूर्तरूप दिने क्रममा टोनी व्लेयरले नयाँ लेबर र नयाँ बेलायतको अवधारणा अघि सारेका थिए । यो अवधारणाका लागि व्लेयरले जोन स्मिथलाई सम्झेका छन् । त्यसैले उनले कन्जरभेटिभ पार्टीमार्फत बेलायती समाजले भोगिरहेको पुँजीवादको त्रासदीपूर्ण प्रकोपबाट आफ्ना नागरिकलाई मुक्त गर्ने संकल्प लिए र यसका लागि आफ्नो पार्टीलाई सुधारिएका नीति र कार्यक्रममार्फत नवजीवन दिने अठोट गरे र अन्ततः सफलता हासिल गरेरै छाडे । उनले रुम टु रिडका  जोन उडले जस्तै नयाँ उडान भरे । कन्जरभेटिभ पार्टीले यसको भेउ पाउनै सकेन । हामीलाई समेत यस्तै उडानको आवश्यकता छ । 

देशमा कायम हुन लागेको साम्यवादी प्रभूत्वको जरा उखेलेर लोकतान्त्रिक समाजवादी राज्य कायम गर्न ठोस र विश्वसनीय वैकल्पिक कार्ययोजनाको आवश्यकता छ । यसका निम्ति कांग्रेसको युवा पुस्ता तयार छ । यसमा पार्टीको नेतृत्वले मार्ग प्रशस्त गर्नु पर्दछ । बुद्धिजीवीहरूले पनि यस कार्यमा टेवा पुर्‍याउनु श्रेयस्कर हुनेछ ।

अमेरिकी पूर्व राष्ट्रपति थोमस जेफर्सनले भनेका छन्, ‘देशमा एउटै संविधानबाट दुईथरि मानिस पैदा हुन्छन् । एकथरि, जसले जनतालाई भयभीत तुल्याउँछन् किनकी उनीहरू जनतालाई विश्वास गर्दैनन् । अर्कोथरि जनतालाई विश्वास गर्छन्, त्यसैले जनतासँग नजिक हुन्छन्, उनीहरूसँगै रमाउँछन् ।’ 

कम्युनिस्टहरू जनतालाई विश्वास गर्दैनन्, त्यसैले सधैंभरि भयभीत तुल्याएर शासन गर्छन् । तर कांग्रेस त विश्वास गर्छ । विश्वास गर्नेले सधैंभरि माया पनि त गर्नुपर्छ । अहिले कांग्रेस कमजोर हुनमा यही माया कारण छ । ३० वर्षमा जनतालाई कांग्रेसको स्नेह कम भयो, जसको कारणमध्ये अहिलेको पुस्ता पनि हो । यस विषयमा युवापुस्ता पहिलो पुस्तासँग खुला बहस गर्न चाहन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x