१९ असार २०८३, शुक्रबार

प्रदेश टुक्र्याउने निर्णय विरुद्ध वुटबलमा अहिले सम्मकै ठूलो प्रदर्शन

कात्तिक २०, २०७४
प्रदेश टुक्र्याउने निर्णय विरुद्ध वुटबलमा अहिले सम्मकै ठूलो प्रदर्शन

 

बुटवल, १७ मंसिर – पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग्याउने गरी सरकारले गरेको संविधान संशोधन प्रस्तावबिरुद्ध रुपन्देहीको बुटवलमा विशाल प्रदर्शन भएको छ । बुटवलको पुष्पलाल चोकमा भएको विरोधसभामा हजारौं सहभागी भएका थिए । २०६२/६३ सालको जनआन्दोलनपछि पहिलो पटक प्रमुख तीन दलका कार्यकर्ताहरू एकै ठाउँमा भेला भएका हुन् ।

butwal-2

वुटवलमा शुक्रवार भएको प्रदर्शनलाई रुपन्देहीका स्थानीयवासीले अहिले सम्मकै ठूलो भएको प्रतिक्रिया दिएका छन् । प्रदेश टुक्र्याउने प्रस्तावको विरुद्धमा आयोजित विरोध सभालाई नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम, माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी र कांग्रेस नेता चन्द्र चण्डारी लगायतले सम्बोधन गरेका छन् ।

उपाध्यक्ष गौतमले आफूहरूले प्रदेश टुक्र्याउने संशोधन विधेयक पारित गर्न नदिने बताए । एमालेका स्थानीय नेता विष्णु पौडेल, प्रदीप ज्ञवाली, घनश्याम भुसाललगायतका नेताहरूले पनि प्रदेश टुक्र्याउन नहुने जनताको आवाजको सरकारले कदर गर्नुपर्ने बताएका थिए ।

मंगलवार संसदमा संशोधन विधेयक दर्ता गरेको भोलीपल्टदेखि बुटवललगायत पश्चिम नेपालका जिल्लामा स्थानीयवासीले आन्दोलन गरिरहेका छन् । फोटोः प्रदीप भट्टराईको ट्वीटर

salt training

कमेन्ट गर्नुहोस्