२० असार २०८३, शनिबार

डा. भट्टराईको प्रस्ताव- मलको हाहाकार अन्त्य गर्न देशमै कारखाना खोलौं

डा. भट्टराईको प्रस्ताव- मलको हाहाकार अन्त्य गर्न देशमै कारखाना खोलौं
फाइल फोटो।

जनता समाजवादी दलका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेपालमा प्रत्येक वर्ष रासायनिक मलको हाहाकार हुने गरेकाले त्यो समस्या अन्त्यका लागि प्रस्ताव अगाडि सारेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले मंगलबार ट्वीट गर्दै भनेका छन्, ‘भारत, बंगलादेश र चीनसँग संयुक्त लगानीमा नेपालमै कारखाना खोलौँ।’

उनले अर्काे विकल्पका रुपमा मल बढी उत्पादन हुने खाडी मुलुकसँग सम्झौता गरेर सिधै आयात गर्न पनि भनेका छन्।

र, तेस्रो प्रस्तावमा तेलमा झैं मलमा पनि भारतसँग द्विपक्षीय सम्झौता गरेर आयात गर्नुपर्ने सुझाएका छन्।

त्यसैगरी, चौथोमा देशभित्रै प्राङ्गारिक मल प्रवर्द्धन गर्नुपर्ने उनको राय छ।

नेपालमा समयमै मल आपूर्ति हुन नसक्दा हाहाकार भएको छ।

त्यसका लागि सरकारले बंगलादेशसँग ५० हजार टन युरिया मल सापटी मागेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मंगलबार बंगलादेशी समकक्षी शेख हसिनालाई टेलिफोन गरेर मल आपूर्तिको व्यवस्था चाँडो मिलाइदिन आग्रह गरेका थिए।

salt training

कमेन्ट गर्नुहोस्